आजदेखि दशैँ तिहारका लागि सहुलियत पसल सञ्चालन, नुन-तेलदेखि खसी-बोकासम्म छुटमा पाइने

लोकपथ
224
Shares

काठमाडौं । सरकारले आज(शुक्रबार)देखि देशका विभिन्न स्थानमा दशैँ तिहारलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।

सरकारले देशभरका ८५ स्थानमा पसल सञ्चालन गरेको हो । सुपथ मुल्य पसलबाट नून, दाल, चिउरा, आँटा, तेल, चिनी, चामल, खसिबोका, सिमी, फापर लगायतको दैनिक उपभोग्य वस्तुहरु छुटमा बिक्री गरिने भएको हो ।

जसअनुसार चिनी र चामलमा ५ रुपैयाँ, जिउँदो खसी, बोकामा १० रुपैयाँ, सिमी र फापरमा १० रुपैयाँ, तेलमा १० रुपैयाँ छुट दिइने बताइएको छ । अन्य दैनिक उपभोग्य सामग्रीहरु पनि छुटमा बिक्री गरिने भएको छ ।

सहुलियत पसल कात्तिक २४ गतेसम्म चल्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?