संखुवासभा घटनाको अनुसन्धान उत्कृष्ट भएको भन्दै पाँच प्रहरी पुरस्कृत

लोकपथ
91
Shares

काठमाडौं । संखुवासभा मादी गाउँपालिका १ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको उत्कृष्ट अनुसन्धान गरी अभियुक्त पक्राउ गर्न सफल भएको भन्दै पाँच प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।

नगद पुरस्कारसहित १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक अरूण कुमार वि.सी., नेपाल प्रहरी प्रदेश कार्यालय धरान अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक भिम बहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी निरीक्षक मणिराम थापा र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान शाखाका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ पुरस्कृत भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?