‘आजादीका अमृत महोत्सव’ को शुभारम्भ

लोकपथ
49
Shares

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले मंगलबारदेखि ‘आजादीका अमृत महोत्सव’ को कार्यक्रमको रुपमा पाक्षिक कार्यक्रम सुरु गरेको छ ।

हिन्दीमा सुरु हुने कार्यक्रम भाद्र २९ देखि सुरु भइ असोज १२ सम्म सञ्चालन हुनेछ । भाद्र २९ गते आयोजना गरिएको ‘भारत स्वतन्त्र भएको ७५ वर्षमा हिन्दी भाषाले गरेको प्रगति’ विषायक वेबिनारसँगै यस कार्यक्रमको आरम्भ भयो । यस पाक्षिक हिन्दी कार्यक्रमलाई भारत र विदेशमा हिन्दी दिवसको रुपमा मनाउने गरिन्छ । वेबिनारमा भारत र नेपालका ३२ जना हिन्दी भाषा विज्ञको सहभागिता रहेको थियो ।

कार्यक्रममा भारतको आगरास्थित केन्द्रीय हिन्दी संस्थानका उपाध्यक्ष अनिल शर्माको प्रमुख अतिथ्यमा शुभारम्भ भएको उक्त कार्यक्रममा भारतका हिन्दी भाषा विज्ञ डा विजय कुमार मलहोत्रा वेबिनारमा सहभागी रहेको थियो ।

त्यस्तै नेपालबाट त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका प्रमुख डा संजीता बर्मा र दिग्गज हिन्दी साहित्यकार डा राम दयाल राकेशको सो वेबिनारमा उपस्थिति थियो । वेबिनारका सहभागीहरुले हिन्दी भाषाको प्रयोगलाई नेपालमा र विश्वव्यापी रुपमा कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्नेबारे आ–आफ्ना विचार प्रस्तुत गरेका थिए। संस्कृत, हिन्दी र नेपाली भाषा परिपूर्ण भएको उल्लेख गर्दै भाषा विज्ञहरुले यी भाषाहरुको सांस्कृतिक एवं ऐतिहासिक पृष्ठभूमि एउटै भएकाले यी भाषाहरुबीच अनोन्याश्रित सम्बन्ध रहेको चर्चा गरे । सोही अवसरमा भारतका गृहमन्त्री अमित शाह र विदेशमन्त्री डा एस जयशंकरले दिएको सन्देश पनि प्रस्तुत गरिएको थियो।

पाक्षिक हिन्दी उत्सव अन्तर्गत दूतावासले २०७८ भाद्र २९ देखि असोज १२ सम्म श्रृंखलाबद्ध रुपमा विभिन्न कार्यक्रम र प्रतियोगिताको आयोजना गर्नेछ । दूतावासमा कार्यरत भारतीय अधिकारीले “राजभाषा प्रतिज्ञा” लिई हिन्दीलाई आधिकारिक भाषाको रुपमा संरक्षण र प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सन १९४९ सेप्टेम्बर १४ मा भारतको संविधान सभाले हिन्दी भाषालाई भारतको आधिकारिक भाषाको रुपमा स्थापित गरेको ऐतिहासिक दिनको सम्झना गर्न प्रत्येक वर्ष भारतभर र विदेशमा हिन्दी दिवस मनाउँदै आइरेहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?