उद्योग व्यवसायको सुरक्षा प्रबन्ध हुनेछ – गृहमन्त्री खाँण

लोकपथ
42
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मुलुकको अर्थतन्त्रको उन्नयनमा टेवा पुर्‍याइरहेका उद्योग–व्यवसायको समूचित प्रबन्ध हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल एलपी ग्यास उद्योग संघको २६ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले देशको अर्थतन्त्रको विकासमा केही हदसम्म भए पनि योगदान गरेको ग्यास उद्योगलाई प्रवद्र्धन गरिने बताए ।

“आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन वर्तमान सरकारको उच्च प्राथमिकताको विषय भएकाले ग्यास उद्योग मात्र नभई देशका सम्पूर्ण उद्योगको ध्यान त्यसतर्फ केन्द्रित हुन आवश्यक छ”, उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी–व्यवसायीहरूलाई आह्वान गर्दै गृहमन्त्रीले भने ।

उनले ग्यासमा मात्र नभई बिजुली र सौर्य ऊर्जा प्रवद्र्धनमा पनि लगानी गर्न ग्यास उद्योगीलाई आग्रह गरे । स्वच्छ ऊर्जामा गरिने लगानीले दीगो प्रतिफल प्रदान गर्ने तर्क गर्दै उनले राष्ट्रिय उत्पादकत्व वृद्धिबाटै समृद्धि तर्फको नेपालको यात्रा सहज हुने विचार व्यक्त गरे । उनले नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीलाई गत आवमा उत्कृष्ट कार्यसम्पादन गरेबापत सम्मान गरे । सङ्घले नेपाल सरकारको निर्णयबमोजिम सर्वोत्कृष्ट ठहरिएका पुडासैनीलाई सम्मान गरिएको प्रष्टीकरण दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?