काठमाडौं । नेपाल गाँजा वैधानिक महाअभियान परिवारले एचआईभी तथा लागूऔषध क्षेत्रमा काम गरिरहेका राजीव काफ्लेको रिहाईको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
काफ्लेलाई बिनाकारण पक्राउ गरी थुनामा राखेको भन्दै मंगलबार उनीहरुले आन्दोलन गरेका हुन् । प्रहरीले ७ दिन पहिले काफ्लेलाई पक्राउ गरेको थियो ।
नेपाल सरकार गृह मन्त्रालय तथा लागूऔषध व्युरोको निर्देशनमा एक निर्दोष व्यक्तिमाथि निर्मम व्यवहार गरिएको भन्दै परिवारले विरोध गरेको हो । राज्यको यस्तो व्यवहारले देश भरी छरिएका एचआईभी संक्रमित तथा लागूऔषध नियन्त्रण र उपचारमा कार्यरत संघ संस्था साथै यससँग सम्बन्धित सबै मर्माहत भएको जारी विज्ञप्तीमा उल्लेख छ ।
अन्याय पुर्ण व्यवहार प्रती सरकारलाई सचेत गराउने उद्देश्य अनुरूप आयोजना गरिएको शान्तिपूर्ण कार्यक्रममा सहभागी सबैले नेपाल गाँजा वैधानिक महाअभियानको तर्फबाट सरकारलाई लक्षित गर्दै तिन सुत्रीय माग प्रस्तुत गरेको छ ।
अभियानका अभियन्ता जोशेफ मदन कोइरालाले राजीव काफ्लेको तत्काल रिहाई, औषधिय प्रयोग गाँजा उपलब्ध गराउन आवश्यक नियमावली तत्काल लागू गर्न तथा संघिय संसदमा दर्ता भएको गाँजा खेती तथा नियमन विधयेक तुरुन्त संसदमा टेवल गर्न माग गरे । माग सम्बोधन नभए आगामी सातादेखि देशव्यापी अनसन र धर्ना कार्यक्रम गर्ने कोइरालाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया