हेर्नुहोस् आजको टप १५ हेडलाइन्स्(भिडियोसहित)

लोकपथ
42
Shares

१. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ११ हजार १८ परीक्षणमा थप ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ४ सय २२ जना कोरोना संक्रमणमुक्त, १३ जनाको मृत्यु

२. एमालेको नाराबाजीपछि आज पनि चल्न सकेन प्रतिनिधिसभा बैठक, अर्काे बैठक भदौ २९ गते मंगलबार बस्दै

३. सरकार गठनको दुई महिना पुग्दा पनि मन्त्रिपरिषद्ले पाएन पूर्णता, सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले फेरि मागे मन्त्रीको नाम

४. एमालेले निरन्तर संसद् बैठक अवरुद्ध गरेपछि सहमतिको प्रयासस्वरुप सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक, बैठक भोलि दिउँसो साढे २ बजे बस्ने

५. बागमती प्रदेशमा अब ८ दलको प्रतिनिधित्व, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी प्रदेशसभा सचिवालयमा दर्ता

६. प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टलाई कारबाही नगर्न सर्वाेच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश, निर्वाचन आयोगका नाममा कारण देखाऊ आदेश जारी

७. प्रमुख भन्सार नाकामा यथाशीघ्र भेइकल स्क्यानर जडान गर्न अर्थमन्त्री शर्माको निर्देशन, सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसात् गरी काम गर्नुपर्नेमा जोड

८. संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्की सार्वजनिक, पाँच जनालाई चिर्पट प्रहार र एक जनालाई भित्तामा टाउको ठोक्काएर हत्या गरेको स्वीकार

९. तीन करोड रुपैयाँ नदिए अस्पताल ध्वस्त पार्ने धम्की, मात्रिका आई सेन्टरमा नक्कली बम राख्ने तीन जना प्रहरी नियन्त्रणमा
१०. ओखलढुंगामा अंशबण्डा विवादले लियो उग्र रुप, छोरासँग मिलेर भाइले गरे खुकुरी प्रहार गरी आफ्नै दाजुको हत्या, २ जना पक्राउ

११. सरकारले संशोधित बजेट ल्याएसँगै सेयर बजारमा हरियाली, ७१ दशमलव ४३ अंकले बढ्यो नेप्से, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण

१२. अफगानिस्तानको राजधानी काबुलमा भेला भएका मानिसमाथि तालिबानद्वारा बल प्रयोग, चार जनाको मृत्यु, घटनाबारे राष्ट्रसंघद्वारा निन्दा

१३. चीनमा दुई अर्ब १४ करोडले लगाए कोरोना भाइरसविरुद्धको खोप, विश्वभर खोप अभियानमा चीन सबैभन्दा अघि

१४. यूएस ओपन २०२१ अन्तर्गत महिला सिंगल विधातर्फ एम्मा राडुकानुले जितिन् ग्रान्ड सल्याम उपाधि, १८ वर्षमै रचिन् इतिहास

१५. नेपाली क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरीको अभ्यासका क्रममा दाहिने खुट्टामा लाग्यो चोट, ओमान र अमेरिकाविरुद्धको एकदिवसीय सिरिज गुमाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?