ऊर्जामन्त्री पम्फा भुसालसँग एमसिसी उपाध्यक्षको शिष्टाचार भेट

लोकपथ
287
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमारले शिष्टाचार भेट गरेकी छिन् ।

शुक्रबार दिउँसो मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच दिगो आर्थिक विकास तथा एमसिसी परियोजना कार्यान्वयनका विषयमा विचार विमर्श भएको छ।

भेटका अवसरमा उनीहरुबीच सडक सञ्जाल, विद्युत प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने ५० अर्ब सहयोगको कार्यान्वयनको विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

उपाध्यक्ष सुमारले नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि नेपालको आग्रहमा एमसिसी सम्झौता भएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले एमसिसीका विषयमा नेपालमा भएका चर्चाका विविध विषयमा चासो व्यक्त गरेकी थिइन् ।

जवाफमा मन्त्री भुसालले नेपाल–अमेरिकाबीच रही आएको आपसी सम्बन्ध दरिलो रहेको उल्लेख गर्दै एमसिसीका सन्दर्भमा राजनीतिक सहमती र जनताको चाहना अनुसार नै निष्कर्षमा पुगिने बताइन्। उनले नेपालले द्विपक्षीय एवं बहुपक्षीय दातृ निकायबाट सहयोग लिएर नै विकास प्रक्रियालाई अगाडि बढाएको उल्लेख गर्दै आगामी दिनमा पनि अमेरिकाबाट थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन्।

भेटमा नेपालका तर्फबाट ऊर्जा मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्चअधिकारी एवं अमेरिकाका तर्फबाट नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीसहितको सहभागीता थियो । अमेरिकी सरकारका तर्फबाट एमसिसी र नेपालका तर्फबाट अर्थ मन्त्रालयबीच सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?