नेपालमा कोरोना : थप १ हजार १ सय ४६ जनामा संक्रमण पुष्टि, कति भए निको ? (विवरणसहित)

लोकपथ
231
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणका क्रममा थप १ हजार १ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो।

८ हजार ५ सय ४९ पीसीआर र २ हजार ३ सय ६७ जनाको एन्टीजेन गरि १० हजार ९ सय १६ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सोही अवधिमा कोरोना संक्रमणका कारण थप २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै अहिलेसम्म १० हजार ९२४ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा १ हजार ६ सय ६० जना डिस्चार्ज भएका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या २७ हजार ९ सय ५८ जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?