काठमाडौं । शुक्रबार (आज) अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिनपिङबीच सात महिनापछि पहिलोपटक फोनवार्ता भएको छ । अमेरिकी राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, जिनपिङसँगको वार्तामा दुवैको स्वार्थ मिल्ने क्षेत्रमा व्यापक, रणनीतिक चर्चा भएको उल्लेख गरेको छ ।
जो बाइडेन अमेरिकाको राष्ट्रपति बनेपछि उनले दोस्रोपटक चिनियाँ समकक्षीसँग फोनवार्ता गरेका हुन् । व्यापार, जासुसी र महामारीजस्ता विषयलाई लिएर अहिले अमेरिका र चीनबीच तनाव बढ्दो क्रममा छ ।
अमेरिकी राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बाइडेनले यो चर्चा अमेरिका र चीनबीच चलिरहेको प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक सम्हाल्ने प्रयासको हिस्सा भएको स्पष्ट पारेका छन् ।’
दुई मुलुकका प्रमुखबीच एकापसको प्रतिस्पर्धा युद्धमा परिणत नहोस् भन्ने सुनिश्चित गर्ने विषयमा पनि सहमति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया