काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले भदौ २३ अघि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना नरहेको बताएका छन्।
सिंहदबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा उनले २२/२३ गतेसम्म त मन्त्रिपरिषद् विस्तारका बारेमा कुनै छलफल नहुने बताए ।
आज बिहान नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए। प्रचण्डसँग भेट भएपनि मन्त्रिपरिषद् विस्तारका विषयमा कुनै छलफल नभएको पनि उनले प्रष्ट पारेका छन्।
सत्ता गठबन्धन दलहरूले सरकार गठनको करिब दुई महिना पुग्न लाग्दासमेत मन्त्रालयको भागबन्डा टुंगो लगाउन सकेका छैनन् । सत्ता गठबन्धनको बैठक दिनहुँजसो बसेपनि सरकार विस्तारमा सहमति जुट्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया