प्रदेश १ : एमालेका ८ सांसद नेकपा (एकिकृत समाजवादी) मा जाँदै

लोकपथ
56
Shares

काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रदेश १ का ८ सांसद जान लागेका छन् । उनीहरु सनाखतका लागि निर्वाचन आयोगको विराटनगरस्थित प्रदेश १ कार्यालय पुगेका छन् ।

स्रोतका अनुसार राजेन्द्रकुमार राई, राजन राई, पदमकुमारी गुरुङ, गणेशकुमार काम्बाङ्ग, खिनु लङबा लिम्बू, सुनिताकुमारी चौधरी, सरिता थापा र सावित्राकुमारी रेग्मी छन् ।

एकिकृत समाजवादीमा खुलेर लागेका थप दुई सांसद कृष्णकुमारी राई र उपेन्द्र घिमिरेले पनि सनाखत गर्ने बताइएको छ ।

निर्वाचन कार्यालयमा १० जना सांसदहरुले सनाखत गरेपछि मुख्यमन्त्री आचार्य नेतृत्वको सरकार अल्पमत पर्ने भएको छ । ९२ सदस्यीय प्रदेशसभामा एमालेमा ५१, कांग्रेसमा २१, माओवादी केन्द्रमा १५, जनता समाजवादीमा ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपामा १र१ जना छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?