पौडेल पक्षको सभापति उम्मेदवार टुंगिएन

लोकपथ
98
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष १४ औं महाधिवेशनका लागि सभापतिको उम्मेदवार टुंगो लगाउन असफल भएको छ ।

मंगलबार पौडेल निवास काठमाडौको बोहोरेटारमा बसेको सो समूहको बैठकले सभापतिको नाम टुंग्याउन नसकेको हो । महाधिवेशनका लागि वडा अधिवेशन अघि नै सभापतिको उम्मेदवार टुंगो लगाउने कसरत गरेपनि नेताहरुबीच सहमति बन्न नसकेपछि उनीहरु उम्मेदवार छान्न असमर्थ भएका हुन् ।

कांग्रेसको वडा अधिवेशन यही भदौ १८ गतेबाट शुरु हुँदैछ । सभापतिको उम्मेदवार चयन गर्न नसकेपनि आफ्नो समूह एक ठाउमा रहेको शन्देश दिन बुधबार पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । बुधवार पौडेल पक्षले नेता कार्यकर्तालाई सामूहिक आव्हन गर्ने बताइएको छ ।

पौडेल समूहबाट १४ औं महाधिवेशनका लागि सभापति पदमा ५ जना आकांक्षी छन् । वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला र कल्याण गुरुङ सभापतिका आकांक्षी छन् । कांग्रेसको १४ औ महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा शुरु हुँदैछ ।

कांग्रेसको १३ औ महाधिवेशन २०७२ फागुनमा भएको थियो । २०७६ मा हुनुपर्ने १४ महाधिवेशन कोरोना महामारी, क्रियाशील सदस्यता बिवाद लगायतका कारणले पछि धकेलिएको हो । १३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद भदौ २३ गतेबाट सकिने लागेको हुनाले १८ गतेबाट महाधिवेशन शुरु भएको शन्देश दिन कांग्रेसले त्यसअघि नै वडा अधिवेशन गर्न लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?