काठमाडौं । दिगो विकास लक्ष्य हासिल गर्नका लगि छुट्टै विशेष कानुन ल्याउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
संघीय संसद राष्ट्रिय सभा अन्र्तगतको दिगो विकास तथा शुसासन समितिका सदस्यहरुले विद्यमान कानुन दिगो विकास लक्ष्य अनुकूलका नभएकाले विकासको लक्ष्य हासिल गर्नका लागि छुट्टै कानुन बनाउनका लागि आवश्यक पहल गर्न समिति सभापतिको ध्यानाकर्षण गराएका हुन् ।
मंगलबार सिंहदरबारमा बसेको बैठकमा समितिका सदस्यहरुले अधिकांश कानुनहरु संघीय संरचनामा लैजानका लागि पञ्चायती कानुनमा आनुसांगिक मिलाउने मात्रै काम भएको भन्दै विद्यमान कानुनलाई दिगो विकासको लक्ष्यबाट अध्ययन गर्नुपर्ने आवश्यकता औल्याए । उनीहरुले दिगो विकास लक्ष्य हासिलका लागि छुट्टै र विशेष कानुन ल्याउनुपर्ने भन्दै त्यस तर्फ आवश्यक पहल गर्न सभापतिको ध्यानाकर्षण गराए ।
समितिका सदस्य दिनानाथ शर्माले आनुसांगिक मात्रै मिलाएका कानुनमा संसोधन गर्नुभन्दा छुट्टै कानुन ल्याउनुपर्ने सुझाव दिए ।
उनले भने,“फलानो ऐनलाई केही संसोधन गर्न पर्ने भएकाले यो विधेयक ल्याइएको छ भनेर मन्त्रीहरुले , ती टाल टुल । ती टालाहरु पनि कोही राता भए कोही पहेला भए । हाम्रा कानुनहरु पुतली कानुन हुन् अहिलेका सबै । यी पुतली कानुनले गर्दा सबैतिर संकट छ । पुराना पञ्चायती कानुनमा आनुसांगिक मिलाउने मात्रै काम भएको छ । त्यसको मर्ममा गएर परिर्वतन नभएका कारणले यो समस्या भएको हो । त्यसैले यसलाई सुधार्न समितिले पहल र कोशिस गरौँ ।”
त्यसैगरी सदस्यहरु महेश कुमार महरा, गंगा बेल्बासे, बिमला घिमिरे, शारदा देवी भट्ट लगायतले छुट्टै विधेयक बनाउने तर्फ आवश्यक छलफल, अध्ययन र परामर्श गर्न सभापतिको ध्यानाकर्षण गराएका थिए ।
समिति सदस्य महेश कुमार महराले भने, “ विकासका लक्ष्य प्राप्तीका लागि संविधान अनुकुल बनाएर वा संशोधन गरेर वा समितिले छुट्टै समिति बनाएर के के कानुन संशोधन गर्नुपर्ने छ, कति कानुन संविधन अनुकुल बनाउनुपर्नेछ वा नयाँ कानुन बनाउनुपर्नेछ भन्नेमा समितिले अनुसन्धान विज्ञसहितको उपसमिति बनाएर अध्ययन गर्नुपर्ने हुन्छ त्यस तर्फ सभापतिको ध्यानाकर्षण गराउन चाहन्छु ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया