एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा

लोकपथ
105
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सिंहदरबारमा कार्यालय स्थापना गरेको छ ।

मंगलबार एकीकृत समाजवादीले सिंहदरबारमा संसदीय दलको कार्यालय स्थापना गरेको हो ।

सिंहदरबारस्थित संसद सचिवालयको भवन नम्बर १ को दोश्रो तल्लामा पार्टीको कार्यालय स्थापना गरिएको एक नेताले जानकारी दिए ।

गत भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएसँगै एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।

त्यससँगै समाजवादीको सिंहदरबारमा कार्यालय स्थापना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?