माधव नेपालसहित १४ सांसदको पद नजाने : संसद सचिवालय

लोकपथ
224
Shares

काठमाडौं । नेकपा एमालेले कारवाहीका लागि संसद सचिवालयमा पठाएको माधव नेपालसहित १४ सांसदको पद नजाने भएको छ ।
संसद सचिवालयले माधव नेपाल समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ता गरिसकेकाले उनीहरुलाई कारवाही गर्न नपर्ने बताएको हाे ।

नेकपा एमालेले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिई ह्वीप उल्लंघन गरेको भन्दै माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गरेर संसदलाई भदौ १ गते नै जानकारी गराएको थियो ।

एमालेले कारवाहीको माग गरेका १४ सांसद : 
माधवकुमार नेपाल
मुकुन्द न्यौपाने
जीवनराम श्रेष्ठ
रामकुमारी झाँक्री
कल्याणी खड्का
लक्ष्मीकुमारी चौधरी
निरादेवी जैरु
पुष्पाकुमारी कर्ण
सरला यादव
कलिला खातुन
विरोध खतिवडा
कृष्णलाल महर्जन
भवानी खापुङ
मेटमणि चौधरी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?