काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी को संसदीय दलको बैठक बसेको छ ।
संसदीय दल गठन, सचेतक तथा प्रमुख सचेतक लगायतको चयन गर्नका लागि आजको बैठक बसेको हो ।
संघीय संसद नयाँ बानेश्वरमा जारी बैठकले अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गर्नेछ ।
बैठकमा बोल्दै अध्यक्ष नेपालले संसदीय दल गठन गर्नेबारे जानकारी गराएका छन् । ५ जनाको स्थायी कमिटी रहेको एकीकृत समाजवादीले आजको बैठकबाट संसदीय दल गठन, त्यसको विधान र पारित गर्ने जस्ता एजेण्डा तय गर्ने बताइएको छ । आजको बैठकले राष्ट्रिय सभामा समेत दलको नेता चयन गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया