काबुलमा २४ घण्टाभित्र अर्को आक्रमण हुनसक्ने बाइडेनको चेतावनी

लोकपथ
203
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुलमा पुन आक्रमण हुनसक्ने चेतावनी दिएका छन् । राष्ट्रपति बाइडेनले शनिबार एक विज्ञप्ति जारी गर्दै २४ देखि ३६ घण्टाभित्र अर्को आक्रमण हुनसक्ने चेतावनी दिएका हुन् ।

अमेरिकाले अबको तीन दिनपछि अफगानिस्तान पूर्णरुपमा छाड्ने बताएको थियो ।

British soldiers secure the perimeter outside the Baron Hotel, on a road that leads to the Abbey Gate, in Kabul, Afghanistan - 26 August 2021

बिहीबार साँझ अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलअगाडि भएको विस्फोटमा चार सैनिकसहित १३ अमेरिकी नागरिकको मृत्यु भएपछि बाइडेनले बदला लिने चेतावनी दिएका थिए । उनले इस्लामिक स्टेटबाट सो आक्रमण भएको भन्दै त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।

Smoke rises after two explosions reported outside Hamid Karzai International Airport.

यो चेतावनीसँगै अमेरिकाले अफगानिस्तानमा ड्रोन आक्रमणमा ‘आइएस–के समूहका योजनाकार’ को मृत्यु भएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?