काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भएको विस्फोटमा ६० जनाको ज्यान गएको छ ।

बिहीवार साँझ भएका दुई विस्फोटमा १ सय ६० जना घाइते भएका छन् । बिबिसीले उल्लेख गरेअनुसार विस्फोटमा चार सैनिकसहित १३ अमेरिकी नागरिकको पनि मृत्यु भएको छ ।

विष्फोटमा आफ्ना सैनिक मारिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले बदला लिने चेतावनी दिएका छन्। उनले इस्लामिक स्टेटबाट सो आक्रमण भएको भन्दै त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन्।

‘हामी जसरी पनि पत्ता लगाएर त्यसको मूल्य तिराउनेछौँ’, बाइडेनले भनेका छन् ।
यो पनि : काबुल विमानस्थलमा भएको विस्फोट (तस्बिरमा हेर्नुहोस्)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया