महाधिवेशनबाट नयाँ ऊर्जा लिएर आउनुपर्छ : प्रवक्ता शर्मा

लोकपथ
56
Shares

दमक । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले महाधिवेशनबाट आगामी निर्वाचन जित्ने गरी नयाँ ऊर्जा लिएर आउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस दमक नगर समितिको कार्यालयमा आज आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले सो धारणा व्यक्त गरेका हुन् ।

उनले यस अघिको सरकारले देशको प्राथमिकता नबुझेकाले सरकारबाट बाहिरिनुपरेको हो भने । ‘कांग्रेसलाई जनताले पाँच वर्षको लागि प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको मैले बारम्बार भन्दै आएको हो तर पनि देश चलाउनुपर्नेले नचलाएपछि मुलुक सम्हाल्नको लागि कांग्रेस सरकारमा आउनुपरेको हो’, उनले भने ।

अघिल्लो सरकारले अस्थिरताका लागि अध्यादेश ल्याएको बताउँदै प्रवक्ता शर्माले भने, ‘वर्तमान सरकारले मुलुकको स्थिरताका लागि अध्यादेश ल्याउनु बाँध्यता हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?