प्रचण्डले लगाए ओलीमाथि ठगीको आरोप

लोकपथ
70
Shares

काठमाडौं । नेकपा (माओवादी कन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले जाली तमसुक गरेर आफूमाथि ठगी गरेको आरोप लगाउनु भएको छ । अध्यक्ष दाहालले अध्यक्ष र प्रधानमन्त्री आधाआधा हुने भनेर जाली तमसुकमा हस्ताक्षर गराएर आफूमाथि ओलीले ठगी गरेको टिप्पणी गरे ।

वाईसीयल नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलामा उनले ओलीले जाली तमसुक गरेर प्रधानमन्त्री पद पड्काएपछि आफू हेरेको हेरिएकै परिया भन्दै दुःखेसो समेत पोखे ।

अध्यक्ष प्रचण्डले भने, ‘अध्यक्ष आलोपालो, प्रधानमन्त्री पनि पालो गर्ने भन्नेमा सही गरियो । त्यहाँ भन्दा के चाहियो ? हामीले त जे भनेको त्यही हुन्छ भन्ने बुझियो । तर त्यो पछि त खाली प्रधानमन्त्री प्राप्तीका लागि ठगी धन्दा रहेछ त्यो त । हामीले चाँही उनको ठगी धन्दा तमसुकमा सही गरे पछि त भयो भनि ठान्यौं, हामीले । तमसुक हेरेर बसियो, विचारा उनले त प्रधानमन्त्री पड्काए, लगेको लग्यै पारे ।’

प्रचण्डले ओलीसँग गठबन्धन गरेर के पायौं ? भनेर आफूमाथि सत्तारुढ दल भित्रैबाट प्रश्न आउने गरेको गुनासो पनि गरे । उनले सत्तारुढ गठबन्धनलाई कमजोर बनाउने कसरत भइरहेको उल्लेख गर्दै त्यसका विरुद्ध सशक्त ढंगले लाग्न पनि पार्टीको युवा संगठन वाईसीयलका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

प्रचण्डले भने, ‘प्रतिक्रियावादी शक्तिहरुले कुनै पनि रुपमा यो गठबन्धनलाई कमजोर पार्ने, यो परिवर्तनलाई उल्टयाउने र कहीँ न कहीँ पूरातनपन्थतिर मुलुकलाई फर्काउने कसरत गरिरहेका छन । त्यसलाई रोक्नका लागि तपार्इं युवाहरुप्रति पार्टीको ठूलो भरोसा छ ।’

प्रचण्डले युवाहरु नै पार्टीको मुख्य शक्ति भएको उल्लेख गर्दै हरेक कमिटीमा उनीहरुको २० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गराउने व्यवस्था पार्टीको विधानमा किटान गरिएको पनि स्मरण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?