कांग्रेस महाधिवेश : जिल्ला सभापतिकै भएन क्रियाशील सदस्यता नवीकरण

लोकपथ
168
Shares

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नविकरण गर्ने क्रममा केही सदस्यको नविकरण छुटेको छ । एक नगरपालिकाका नगर कार्यसमिति सचिव कैलाशबहादुर बलायर र रुकुम पूर्वका सभापति केशरमान रोकाको क्रियाशील सदस्यता नवीकरण छुटेको छ ।

कृष्णपुर नगरपालिकास्तरीय कांग्रेसको नगर कार्यसमितिका सचिव बलायरको क्रियाशील सदस्यता नवीकरण छुटेको हो । केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा प्रकाशित गरेको क्रियाशील सदस्यताको सूचीमा आफ्नो नाम समावेश नभएको उनले जानकारी दिए ।

त्यस्तै कांग्रेस रुकुम पूर्वका सभापति रोकाको क्रियाशील सदस्यता नवीकरण नभएको पाइएको छ । केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा प्रकाशित गरेको क्रियाशील सदस्यताको सूचीमा उनको नाम समावेश गरिएको छैन । रोका पूर्व स्थानीय विकास सहायक मन्त्री पनि हुन् । जिल्ला सभापति रोकाले वेवसाइटमा प्रकाशित सूचीमा आफ्नो नाम समावेश नगराइएको जानकारी दिए ।

कांग्रेसले अहिलेसम्म १४ औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका कञ्चनपुरसहितका ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली पार्टीको वेवसाइटमा प्रकाशित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?