काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनका नाइकेहरुका कारण एकता नटिकेको बताए।
शनिबार पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिगको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिगमनको नाइके भएको टिप्पणी पनि गरे ।
उनले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनलाई निमन्त्रण दिएको तर सबै दलहरु एकढिक्का भएर प्रतिरोध गर्दा प्रतिगमन परास्त भएको उनको भनाइ छ ।
उनले समाजवादी यात्राको तयारीको लागि कम्युनिस्ट पार्टीमा एकता गरिएपनि प्रतिगमनको नाइकेहरूका एकता नटिकेको उल्लेख गरे ।
उनले पहिलोपटक भएको संसद विघटनलाई आफूले जनयुद्धकै एउटा रुपका रुपमा लिएको स्मरण गर्दै त्यसलाई प्रतिगमन भनेर युवाहरुले साथ दिएको भन्दै प्रशंशा पनि गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया