भदौ १८ गते देशैभर वडा अधिवेशन गर्न कांग्रेस नेताहरुबीच सहमति

लोकपथ
238
Shares

काठमाडौं । नेपाली कांग्रेसले भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने गरि नेताहरुबीच सहमति जुटेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि कृयाशिल सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरू राखेका माग सम्बोधन गर्दै रिले अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको कांग्रेस नेता प्रकाश मान सिंहले जानकारी दिएका छन् ।

सभापति देउवासँग कुराकानी पछि पौडेल पक्षले आज आफू निकटका नेता र जिल्ला सभापतिहरुसँग कांग्रेस पूर्व महामन्त्री प्रकाश मान सिहको निवास चाक्सिबारिमा छलफल भएको थियो ।

देशभरका छ हजार सात सय ४३ वडामै एकैदिन अधिवेशन गर्ने समझदारी भएको नेता प्रकाशमान सिंहले बैठक पछि जानकारी दिएका छन् । उनका अनुसार जिल्ला सभापतिहरुले राखेका माग पनि सुनुवाइ गर्ने समझदारी भएको छ । जिल्ला सभापतिहरुले निर्वाचन निर्देशिका संशोधन र कृयाशिलको नाम सार्वजनिक गर्न माग गरेका थिए । ४८ जिल्लाका कृयाशिलको नाम सार्वजनिक भएको र अरु जिल्लाको एक दुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी छ।

नेता सिंहले एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुने गरि जिल्ला सभापतिको उम्मेदवार बन्न पाइने र क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाइने विषयमा सहति जुटेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?