थप १० जिल्लाको कांग्रेस क्रियाशील सदस्यता सार्वजनिक (सूचीसहित)

लोकपथ
427
Shares

काठमाडौं । नेपाली कांग्रेसको थप १० जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले क्रियाशील सदस्यता छानबिन समितिले काम सम्पन्न गरेका जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरेको बताएका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न गरेका तपसील बमोजिम जिल्लाहरुका क्रियाशील सदस्यको नामावली नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा प्रकाशित गरेको छ ।’

बिहीबार ३८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएको थियो भने शुक्रबार थप १० जिल्लाको सार्वजनिक गरिएको हो ।

सदस्यता सार्वजनिक गरिएका जिल्लाहरु

१ ताप्लेजुङ
२ पाँचथर
३ इलाम
४ संखुवासभा
५ तेह्रथुम
६ खोटाङ
७ सोलुखुम्बु
८ ओखलढुंगा
९ उदयपुर
१० झापा
११ दोलखा
१२ रामेछाप
१३ सिन्धुली
१४ भक्तपुर
१५ गोरखा
१६ लम्जुङ
१७ तनहुँ
१८ कास्की
१९ मनाङ
२० मुस्ताङ
२१ पर्वत
२२ स्याङ्जा
२३ म्याग्दी
२४ नवलपुर (वर्दघाट सुस्तापूर्व)
२५ नवलपरासी (वर्दघाट सुस्ता पश्चिम)
२६ रुपन्देही
२७ पाल्पा
२८ रुकुम (र्वी भाग)
२९ रोल्पा
३० रुकुम (पश्चिम भाग)
३१ जुम्ला
३२ मुगु
३३ हुम्ला
३४ बझाङ
३५ डोटी
३६ दार्चुला
३७ बैतडी
३८ कञ्चनपुर

शुक्रबार प्रकाशित गरिएका जिल्लाहरु

३९ धनकुटा
४० भोजपुर
४१ गुल्मी
४२ प्यूठान
४३ दाङ
४४ सल्यान
४५ कालिकोट
४६ जाजरकोट
४७ दैलेख
४८ अछाम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?