काठमाडौं । विभिन्न मागहरुसहित नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी कार्यालयमा धर्ना दिएका छन् ।
मंगलबार (आज) विभिन्न मागहरुसहित जिल्ला सभापतिहरुले धर्ना सुरु गरेका हुन् ।
जिल्ला सभापतिहरुले सबै क्रियाशील सदस्यहरुको विवरण सार्वजनिक गर्नुपर्ने, निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्ने लगायतका मागहरु रहेका छन् ।
त्यस्तै आफ्ना मागहरुको सम्बोधन नभएमा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।
यी हुन् मागहरु
१. प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस ।
२. क्रियाशील सदस्यता तहगत निर्णय गरियको सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानवीन गरेर मात्र अन्तिम रुप प्रदान गरियोस ।
३. सबै जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गरियोस ।

तस्बिर : नेविसंघका नेता निरञ्जन थापाबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया