कम्युनिष्ट सरकारले बाटो बिराएकाले जनताले कांग्रेसको सरकार खाजे – सहमहामन्त्री महत

लोकपथ
182
Shares

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसको नेतृत्वको वर्तमान सरकारले जनताको अपेक्षा बमोजिम काम गर्ने बताएका छन् ।

ज्येष्ठ कांग्रेस सङ्घद्वारा आज यहाँ आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले भने “यो अरु कसैले भन्ने गरेजस्तो परमादेशबाट नभएर जनमतबाट निर्मित सरकार हो, जनताले चाहेको सरकार भएकाले जन अपेक्षा बमोजिम नै काम गर्नेछ ।”

सहमहामन्त्री डा महतले अघिल्लो कम्युनिष्ट सरकारले बाटो नबिराएरको भए, चुनावका बेलामा जनतासँग गरेका बाचाअनुसार काम गरेको भए तथा देशमा सुशासन र कानुनी राजको सुनिश्चितता गरेको भए अहिले नै कांग्रेस सत्तामा आउने थिएन भने ।
देशमा भ्रष्टाचार र अनियमितता बढेको तथा नागरिक महामारीको मारमा परेका बेला पनि सत्ताका लागि कम्युनिष्ट पार्टीहरुबीच भएका लुछाचुँडीले जनतामा निराशा छाएर यो सरकारलाई विकल्पका रुपमा रोजेका उनको तर्क छ ।

यो सरकारले जनताको चाहना बमोजिम काम गर्नुपर्ने भन्दै सीमित साधन र स्रोतका बाबजुद पनि यो सरकारले आगामी दिनका चुनौतीहरुलाई सामना गर्दै अघि बढ्ने र जनताका पक्षमा काम गर्ने उनले बताए ।

कुनै पनि राजनीतिक दलले आफू सत्तामा पुगेपछि अब कहिल्यै तल ओर्लिन पर्दैन भन्नेजस्ता अहंकार पाल्ने गरेकाले समय समयमा नेपालको राजनीतिमा दुर्घटना हुने गरेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?