नेपालमा कोरोना : ४० हजार नाघे सक्रिय संक्रमित, कस्तो छ २४ घण्टाको संक्रमणको अवस्था ? (विवरणसहित)

लोकपथ
630
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाको कुल संक्रमित संख्या ८ लाख २३ हजार ६ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको कुल १७ हजार ६ सय ६५ परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी हालसम्म नेपालमा कोरोना संक्रमणबाट १० हजार ४ सय ५५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २६ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २ सय ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९३ हजार ५ सय ४३ पुगेको छ ।

केही समय यता नेपालमा कोरोना संक्रमणको दर बढेसँगै सक्रिय संक्रमितको संख्यामा समेत वृद्धि भएको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार ३ सय ९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?