महन्थ ठाकुरको पार्टीको नाम पनि फेरियो, लोकतान्त्रिक समाजवादी पार्टी राख्ने निर्णय

लोकपथ
84
Shares

काठमाडौं । माधव नेपालपछि महन्थ ठाकुर पक्षले पनि पार्टीको नाम परिर्वतन गरेको छ । पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखिएको एक नेताले बताए ।

निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएपछि ठाकुर पक्षले पनि पार्टीको नाम परिर्वतन गरेको हो ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो । अध्यादेशअनुसार राजनीतिक दलसम्बन्धी नियमावली ल्याएपछि शुक्रबार दल दर्ताका लागि निवेदन दिने क्रममा नयाँ नाम राखिएको छ ।

यसअघि नेपाल पक्षले पनि पार्टीको नाम परिवर्तन गरेर आयोगमा निवेदन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?