सभामुख नआएपछि धर्ना स्थगित गरेर हिँडे एमाले सांसद

लोकपथ
707
Shares

काठमाडौं । नेकपा एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न सभामुखमाथि विभिन्न कोणबाट दबाब दिइरहेको छ । एमाले सांसदहरु शुक्रबार पनि सभामुख अग्नि सापकोटाको कार्यकक्षमा पुगे । उनीहरु डेढ घण्टा बस्दा पनि सभामुख सापकोटा भने आएनन् ।

सभामुख अग्नि सापकोटा कार्यालयमा नआएपछि सभामुखको कार्यकक्षमामा जारी धर्ना स्थगित गरेर एमाले सांसदहरु हिँडेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यालयमा धर्ना दिनका लागि एमाले सांसद गोकुल बाँस्कोटा, शान्ता चौधरी, धनमाया थापा, लालबाबु पण्डितलगायतका एक दर्जन सांसद पुगेका थिए ।

संसद् सचिवालयका अनुसार सभामुख सापकोटाले भने आज बाहिर रहेकाले शुक्रबार संसदमा नआउने जानकारी गराएका छन् ।

यसअघि बिहीबार पनि पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न दबाब दिँदै एमाले सांसदहरु सभामुखको कार्यकक्षमा पुगेका थिए । तर सो क्रममा एमाले सांसदहरुले सभामुखले निष्पक्ष भूमिका निर्वाह नगरेको आरोप लगाएपछि चर्काचर्की नै भएको थियो ।

एमाले सांसद शान्ता चौधरीले बिहीबार सभामुखले एमालेले कारबाही गरेको सांसदलाई पदमुक्त गर्ने प्रतिबद्धता जनाएपनि कार्यान्वयन नगरेको आरोप लगाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?