बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा सिफारिस

लोकपथ
294
Shares

काठमाडौं । प्रस्तावित नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको कोटाबाट सरकारले बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले संखुवासभाका शर्मालाई प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेको हो । राष्ट्रपतिले नियुक्त गरेर शपथ ग्रहण गरेसँगै शर्माले वागमती प्रदेश प्रमुखको कार्यभार सम्हाल्ने छन् ।

सरकारले हाल प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर माधव नेपाल निकट शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको जनाइएको छ । शर्मा माधव नेपाल प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव थिए भने नेपाल नेतृत्वको एमाले विभागका सचिव थिए ।

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्तिपछि सरकारले चार जना प्रदेश प्रमुख परिवर्तत गरिसकेको छ । गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?