जापानले दिएको बाँकी खोप अर्काे हप्ता आइपुग्ने

लोकपथ
98
Shares

काठमाडौं । जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेकाको बाँकी खोप केही दिन भित्र नेपाल आइपुग्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज सो कुराको जानकारी दिएका हुन् । जापानले नेपाललाई १६ लाख १४ हजार ७४० लाख डोज एस्ट्राजेनेकाको खोप अनुदानमा उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । त्यो मध्ये गत साउन २३ र २४ गते दुई खेपमा ५० प्रतिशत अर्थात ८ लाख डोज खोप नेपाल ल्याइएको थियो । बाँकी खोप यही भदौ ५ देखि ७ गतेभित्र नेपाल आइपुग्ने मन्त्री श्रेष्ठले रामाजिक संजाल ट्वीटमार्फत सो जानकारी दिएका हुन् ।

‘जापान सरकारको अनुदानमा प्राप्त १६,१४,७४० मात्रा एस्ट्राजेनेका खोपमध्ये नेपाल ल्याउन बाँकी रहेको ५० प्रतिशत खोप भदौ ५–७ गतेभित्र काठमाडौं ल्याइने भएको छ । यसअघि साउन २३ र २४ गते खोप प्राप्त भएको थियो । जापान सरकारले कोभ्याक्समार्फत प्रदान गरेको सहयोगका लागि हार्दिक धन्यवाद ।’ राज्यमन्त्री श्रेष्ठले ट्वीटमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?