ज्योतिषी गुरु पन्तको ‘दिव्य ज्योतिष विज्ञान’ पुस्तक बजारमा

लोकपथ
49
Shares

काठमाडौं । ज्योतिषी गुरु दिवाकर पन्तको पुस्तक ‘दिव्य ज्योतिष विज्ञान’ सार्वजनिक भएको छ । वैदिक ज्योतिष क्षेत्रका विषयवस्तु समावेश गरि लेखिएको पुस्तक पैरवी बुक हाउसले प्रकाशनमा ल्याएको छ ।

पुस्तकमा ज्योतिषका आधारभूत विषयदेखि विस्तृत विषयहरु समावेश गरिएको लेखक पन्तले जानकारी दिए । उनका अनुसार नेपालमा ज्योतिष क्षेत्रमा पहिलो पटक आधुनिक प्रणाली अनुसार गरिएको अनुसन्धान समेत समावेश गरिएको छ ।

नेपालमा ज्योतिष क्षेत्रमा पहिलोपटक आधुनिक प्रणालीअनुसार गरिएको अनुसन्धानसमेत यस पुस्तकमा समावेश गरिएको उनले बताए । धार्मिक–आध्यात्मिक तथा ज्योतिषीय विषयमा आधुनिक अनुसन्धानको पद्धतिअनुसार अध्ययन–अनुसन्धान गरेर तथ्यांकीय मापदण्डमा विषयवस्तुहरुलाई प्रस्तुत गर्ने जमर्को गरेको उनले बताए ।

अनुसन्धान नेपाली भाषामा भरपर्दो ज्योतिष क्षेत्रको पुस्तक अभाव रहेको सन्दर्भमा यस पुस्तकबाट वैदिक ज्योतिषका बारेमा आम सर्वसाधारणको अवधारणा, विचार, अभ्यास तथा सुझाव आदी थाहा मिलेको उनले बताए ।

उनले यस पुस्तक छिट्टै देशभरका प्रमुख–प्रमुख पुस्तक पसलहरुबाट उपलब्ध हुने र हालका लागि पैरवी बुक हाउस पुतलीसडकबाट खरिद गर्न सकिने पनि जानकारी दिए ।

धार्मिक–आध्यात्मिक तथा ज्योतिषीय क्षेत्रमा हिन्दी भाषाका पुस्तक पढ्नुपर्ने बाध्यतालाई यसले केही भए पनि कम गर्ने उनले विश्वास व्यक्त गरे । पुस्तक ज्योतिष विद्यार्थी, ज्योतिष विद्या अभ्यासरत ज्योतिषी, वैदिक धर्म–संस्कृतिप्रति रुचि राख्ने, अध्येता, पण्डित, पुरोहितलगायतलाई उपयोगी रहेको उनले बताए ।

नेपाली भाषामा ज्योतिषसम्बन्धी भरपर्दो पुस्तक अभाव रहेको अवस्थामा विस्तृत र सरल रूपमा तयार पारिएको पुस्तकले उक्त अभाव पूर्ति गर्ने पैरवी बुक हाउसका अध्यक्ष अधिवक्ता चन्द्रप्रसाद सिवाकोटीले बताए ।

यस पुस्तकमा वैदिक ज्योतिषको शास्त्रसम्मत ज्ञान, ग्रहका बारेमा जानकारी, मेडिकल एस्ट्रोलोजी, ज्योतिष र शिक्षा, ज्योतिष र पेसा, राशिबारे जानकारी, पञ्चाङ्ग, संवत्सर, कुण्डलीबारे विस्तृत जानकारी समावेश गरिएका छन् । यस्तै, समय गणनाबारे जानकारी, विश्वका समय गणना पद्धति, अक्षांश र देशान्तरसम्बन्धी जानकारी, मलमास, भयात तथा भभोगबारे जानकारी, नाम जुराउने तरिकालगायत समावेश गरिएको छ ।

पुस्तकको मूल्य ६ सय ७५ रुपैयाँ तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?