मेलम्चीका बालबालिकालाई आपत्कालीन सहयोग

RSS
91
Shares

मेलम्ची । मेलम्ची नगरपालिकाका बालबालिकालाई सोमबार आपत्कालीन सहयोग उपलब्ध गराइएको छ । विश्व शिक्षा, तेरी देश होम र महिला आत्मनिर्भरता केन्द्रको साझेदारी र वडा नं ८ को संयोजनमा उक्त वडाभित्रका १७ बालबालिकालाई घरघरमा पुगी सहयोग वितरण गरिएको वडाध्यक्ष ठङ्कराज गिरीले जानकारी दिए ।

कोरोनाका कारण कतिपय अभिभावकले रोजगारी गुमाउनुपरेकाले समस्यामा परेका बालबालिकालाई शैक्षिक तथा खाद्यान्न सहयोग गरिएको केन्द्रका अनुगमन तथा मूल्याकङ्न अधिकृत ध्रुव सापकोटाले बताए । केन्द्रले गत जेठमा टोलटोलमा पुगी सर्भेक्षण गरेर पहिचान भएका बालबालिकालाई सहयोग गरिएको संस्थाका सामाजिक परिचालक सृष्टि नेपालीले जानकारी दिईन । यसैगरी सोमबार नै अन्य वडाका चार बालबालिकालाई पनि उक्त सहयोग गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?