नेपालमा कोरोना : थप २ हजार ६२४ जनामा संक्रमण, कति निको भए?

लोकपथ
231
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६२४ कोरोना संक्रमित थपिएका छन्।

देशभर गरिएको ८ हजार ६६७ पीसीआर र ४ हजार ९०६ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ६२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै गत २४ घण्टामा १ हजार ३२० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ८० हजार ८१५ पुगेको छ।

उक्त अवधिमा २० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?