काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहमा पठाइएका ३४ कर्मचारीलाई संघमा समायोजन गर्न अन्तरिम आदेश दिएको हो ।
शुक्रबार न्यायाधीश तेजबहादुर केसी र कुमार चुडालको इजलासले संघमा दरबन्दी हुँदाहुँदै स्थानीय निकायमा पठाइएको भन्दै कर्मचारीलाई संघमै समायोजन गर्न अन्तरिम आदेश दिएको छ ।
संघ रोजेकालाई दरबन्दी हुँदाहुँदै स्थानीय निकायमा समायोजनमा पठाइएका ३४ जना कर्मचारीलाई अदालतले संघमै समायोजन गर्न भनेको छ ।
सर्वोच्चको आदेशमा भनिएको छ– ‘मुद्दाको अन्तिम टुंगो नलागेसम्म निवेदकहरूको पद संख्यामा पदपूर्ति नगरी सो पदमा निवेदनहरूलाई कर्मचारी समायोजन ऐन, २०७५ अनुसार संघमा समायोजन गर्न कारवाही गर्न गराउन अन्तरिम आदेश जारी गरिदिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया