नेपालमा कोरोना : थप ३ हजार ९१५ जनामा संक्रमण, कति निको भए?

लोकपथ
392
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९१५ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ११ हजार ७०८ पीसीआर र ६ हजार ८७४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै उक्त अवधिमा २७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ।

यो सँगै कुल संक्रमितको संख्या ७ लाख २८ हजार ५३२ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ७९८ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २ हजार ११८ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ७९ हजार ४९५ पुगेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?