काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक दोस्रो दिन शुक्रबार पनि बसेको छ । पार्टी सभापति समेत रहेका प्रधानमन्त्री निवास बूढानिलकण्ठमा आज पनि बैठक जारी छ ।
जारी बैठकमा महाधिवेशनका सन्दर्भमा केन्द्रीय सदस्यहरुले आ(आफ्नो धारणाहरु राखिरहेका ।
यसअघि बिहीबार बसेको बैठकमा अन्तरपार्टी समायोजन प्रतिवेदन, क्रियाशील सदस्ता छानबिन समितिले बुझाएको प्रतिवेदन र निर्वाचन निर्देशीका प्रस्तुत गरिएको थियो । आजको बैठकमा सोही विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
सोही विषयमा आ(आफ्नो धारणा राख्दै केन्द्रीय सदस्यतहरुले महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक नभएको भन्दै विरोध जनाएका छन् ।
आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी महाधिवेशनको मिति तोकिए पनि क्रियाशील सदस्यता विवादको कारण महाधिवेशन अनिश्चित बनेको छ ।
भदौ २३ गतेसम्म वर्तमान नेतृत्वको वैधानिकता समेत सकिने बताउँदै सो समयभित्र महाधिवेशन वा अन्य विकल्पहरुबाट पार्टीको वैधानिकता जोगाउनु पर्नेमा उपस्थित केन्द्रीय सदस्यतहको माग रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया