कैलाली । कैलालीको गोदावरीमा ट्रक दुर्घटनामा परी गम्भीर घाइते भएका ट्रक चालकको मृत्यु भएको छ ।
धनगढीबाट डडेल्धुरातर्फ गइरहेको मिनि ट्रक गोदावरीको पुल नजिकै दुर्घटना हुँदा बैतडीको सिगास गाउँपालिका –९ का ३५ वर्षीय रामसिह महराको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका महराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
से १ ख ८५१ नम्बरको मिनि ट्रक गोदावरीको पहिलो मोडमा सडकभन्दा करिब ३० मिटर तल खसेको बुझिएको छ ।
यस्तै बैतडीको सुर्नया गाउँपालिका ५ घर भएका सहचालक पंकज मडै भने समान्य घाइते भएका प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया