हेर्नुहोस् आजको टप १५ हेडलाइन्स्(भिडियोसहित)

लोकपथ
119
Shares

१. १५ हजार ४६२ जनाको कोरोना परीक्षणमा ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि, २२९४ जना संक्रमणमुक्त, ३२ जनाको मृत्यु ।

२. लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा कुलबहादुर केसी ‘सोनाम’ नियुक्त, ७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरी जसपाका तीनैजना मन्त्री सरकारमा सामेल गराउने तयारी ।

३. आगामी पाँच महिनामा झन्डै दुई लाखजना कोरोना संक्रमित थपिने सरकारको प्रक्षेपण, ३८ हजार जनालाई अस्पताल भर्ना गर्नुपर्ने अनुमानसहित खोप कार्यक्रममा परिवर्तन ल्याउने तयारी ।

४. अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल स्वदेश फिर्ता ल्याउन पूर्वगृहमन्त्री खगराज अधिकारीको माग, नेपाली नागरिकलाई नेपाल नफर्काएसम्म सरकारलाई काम गर्न नदिने चेतावनी ।

५. तोकिएको समयमा महाधिवेशन सम्भव नभएको देउवानिकटका सभापतिहरूको खुलासा, महाधिवेशन अनिश्चित भएपछि बढ्न थाल्यो गुटगत भेला ।

६. प्रतिनिधिसभाको बैठकमा माओवादीका सांसद मात्रिका यादव र एमालेका मुख्य सचेतक विशाल भट्टराईबीच चर्काचर्की, जतिबेलै परमादेश भन्नेहरूको मेन्टल्ली बिग्रेको भन्ने यादवको टिप्पणीपछि भट्टराईद्वारा नियमापत्ति ।

७. नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले विद्युत् प्राधिकरणमा पुनः कुलमान घिसिङ नियुक्तिमाथि प्रश्न उठाए, भन्छन्, कुलमान बुढो भएपछि सरकारले के गर्छ ?

८. जंगीअड्डाका जर्नेलहरूको सामूहिक निर्णयका आधारमा नेपाली सेनालाई थप व्यावसायिक बनाउँदै लैजाने कायममुकायम प्रधानसेनापति शर्माको भनाइ, ‘चेन अफ कमान्ड’को पूर्णपालनमा जोेड ।

९. दुबई उड्ने यात्रुको ७२ घण्टाभित्रको नतिजाले उडान यात्राको अनुमति दिने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयको अनुरोध, ¥यापिड पीसीआर परीक्षण गर्ने विधि आवश्यक व्यवस्था तथा समन्वय गर्ने तयारी ।

१०. हालसम्म नेपालमा २८ लाख ८८ हजार ३६० नागरिकले कोभिडविरुद्ध पहिलो मात्राको खोप लगाए, थप तीन करोडभन्दा बढी खोप किन्ने प्रक्रियामा रहेको र असोज मसान्तसम्म एक करोड आपूर्ति हुने ।

११. सुस्त मनस्थिति भएकी छोरी बलात्कार गर्ने बुबा र काका पक्राउ, किशोरीका दाइले दिएको जाहेरीका आधारमा दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको पाल्पा प्रहरीको भनाइ ।

१२. श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह भए कठघरामा उभिन तयार रहेको अर्थमन्त्री शर्माको जिकिर, प्रदेश, पालिकाका अधिकार मिच्ने गरी गरिएका निर्णयमा सुधार गरिने ।

१३. भारतको हिमाञ्चलको एक राजमार्गमा गाडीहरूमाथि पहिरो खस्दा कम्तीमा १३ जनाको मृत्यु, झन्डै ३० जना हराइरहेकोे आशंकामा खोजीकार्य जारी ।

१४. तालिबानी विद्रोहीले अफगानिस्तानमा क्रुरतापूर्ण हिंसा भड्कायो, सेना र बिद्रोहीको चेपुवामा परेका दशौँ हजार नागरिक विस्थापित ।

१५. फिफा वरियतामा नेपालको तीन स्थान सुधार, नयाँ बरियतामा नेपाल १६८ औं स्थानमा, दक्षिण एसियामा भारत सबैभन्दा अघि १०५औं स्थानमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?