काठमाडौंमा हुण्डीको लाखौं रकमसहित ४ जना पक्राउ

लोकपथ
336
Shares

काठमाडौं । काठमाडौंमा हुण्डीको लाखौं रकमसहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तनुज अग्रवाल, नितेश श्रेष्ठ, नर बहादुर खड्का र अर्जुन चौलागाईं रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले गणबहालबाट उनीहरुलाई पक्राउ गरेको हो। टोलीले आरोपीहरुको साथबाट ९१ लाख ९६ हजार रुपैयाँ बरामद गरेको हो।

काठमाडौं महानगरपालिका–२२ गणबहाल स्थित तनुजको घरमा छापा मारेर प्रहरीले सो रकम बरामद गरेको हो ।

परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले हुण्डी कारोबारका मुख्य आरोपी तनुज अग्रवाल रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?