काठमाडौं । काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप भएको छ । मंगलबार उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको बैठकले निषेधाज्ञा १२ दिन थप गर्ने निर्णय गरेको हो ।
पहिलेकै निर्णयहरूलाई कडाइ गर्दै थप १२ दिन निषेधाज्ञा गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।
त्यस्तै बैठकले उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । थपिएको निषेधाज्ञा ८ भदौसम्म जारी रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया