काठमाडौं । सिंगापुर पठाइदिने भन्दै अढाई करोडभन्दा बढी ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा समृद्धि अब्रोड नामक कन्सलटेन्सीका मार्केटिङ म्यानेजर धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ३९ वर्षीय दिप बहादुर गुरुङ रहेका छन् ।
उनले सिंगापुर पठाइदिन्छु भन्दै २ करोड ६१ लाख ५५ हजार रुपैयाँ ठगीमा गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
ठगीको जाहेरी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा गुरुङलाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–५ हाडीगाउँस्थित धादिङ थाक्रे गाउँपालिका–८ घर भएका ४२ वर्षीय निमा लामाले संचालन गरेको उक्त कन्सलटेन्सीले करिब ७८ जनासँग सिंगापुर रोजागारीको लागि पठाइदिने भनी भिसा प्रोसेस लगायतका लागि रकम उठाई सम्पर्क बिहिन भएपछि प्रहरीले गरुङको खोजी सुरु गरेको थियो ।
उक्त ठगी कार्यमा संलग्न हाल फरार कम्पनीका संचालकसहित ४ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया