सुनसरी। जिल्लाको ईनरुवा नगरपालिका ४ पूर्व(पश्चिम राजमार्गमा पर्ने ईनरुवा बसपार्कबाट कारमा सवार ४ जनालाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी १४ का २० वर्षीय अमोद कुमार यादव, सप्तरी तिलाठी कोलारी ४ का २० वर्षीय ईनर कुमार मुखिया, सप्तरी रामपुर मलहनिया १४ का २४ वर्षीय बिनोद कुमार कामत, सप्तरी तिलाठी कोलारी ४ का १९ वर्षीय रमेश मुखिया र कार चालक तिलाठी कोलारी ४ का २२ वर्षीय फुल कुमार मुखिया रहेका छन् ।
सोमबार बेलुका ८ बजे विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यलाय सुनसरीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट आउदै गरेको बा १४ च ६१४५ नम्बरको कारलाई रोकी कारमा सवार ५ जनालाई चेकजाँच गर्दा अमोद कुमार यादवको साथबाट लागूऔषध ब्राउन सुगर १३० ग्राम फेला परेको हो ।
ब्राउन सुगर फेला परे पश्चात थप अनुसन्धानको लागी कारसहित पाचै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया