जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

लोकपथ
119
Shares

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न स्थानहरुबाट १७ जना पक्राउ परेका छन् ।

यसैक्रममा काठमाडौं महानगरपालिका-१० मध्यबानेश्‍वरस्थित रामकृष्ण केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका(५ घर भएका ३६ वर्षीय हेम कार्कीलगायत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

केसीको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ४८ हजार ५ सय रुपैयाँ र ६२ बुक ताससहित पक्राउ गरेको हो ।

त्यसैगरी स्याङ्जा, वालिङ नगरपालिका-९ क्याम्पस रोड डेरा गरी बस्ने ख्यामबहादुर थापाको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय रुकबहादुर थापालगायत ११ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा जुवातास खेलिरहेको छ भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३५ हजार ९ सय ५० रुपैयाँ र ९ गड्डी ताससहित पक्राउ गरेको हो ।

उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?