काठमाडौं । बलिउड एक्ट्रेस कंगना रनौतले आफ्नो आगामी फिल्म ‘धाकड’को आफ्नो लुक्स सार्वजनिक गरेकी छिन् ।
कंगना रनौतले इन्स्टाग्राममा फाेटो अपलोड गर्दै आफ्नो लुक्स सार्वजनिक गरेकी हुन् ।
फिल्म धाकडको सुटिङका लागि कंगना हंगेरी गएकी थिइन् । फिल्मको इन्टर्नेस्नल सुटिङ सकिएको उनले जानकारी दिएकी छिन् ।
कंगना रनौतको ट्वीटर एकाउन्ट ब्लक भएपछि पछिल्लो समय उनी इन्स्टाग्राममा सक्रिय छिन् । कंगनाले आफ्नो फोटो तथा जानकारी इन्स्ट्राग्राममा दिने गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया