सर्वोच्चमा भूमि आयोग खारेजीविरुद्ध ४ वटा रिट दायर

लोकपथ
77
Shares

काठमाडौं । सर्वोच्च अदालतमा भूमि आयोग खारेजीविरुद्ध ४ वटा रिट निवेदन दर्ता भएका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भूमि आयोगका तत्कालिन अध्यक्ष देवी ज्ञवालीसहित चार जनाले रिट निवेदन दायर गरेको बताए ।

उनका अनुसार ज्ञवालीसहित प्रवेश केसी, रोजन खड्का र एक बहादुर लुवागुनले रिट निवेदन दर्ता गराएका हुन् ।

भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै उनीहरुले रिट निवेदन दर्ता गराएका हुन् ।

गत साउन १९ गतेको मन्त्रिपरिषद बैठकले भुमि आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?