पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको होटलमा सँगै गएकी युवतीको मृत्यु भएपछि १८ वर्षीय युवक फरार भएका छन् ।
त्रिवेणी गाउँपालिका–६ त्रिवेणीको होटेल शाही प्यालेसमा आफूसँगै गएकी युवतीको अचानक मृत्यु भएपछि पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १२ शान्ति टोल निवासी युवक अजयराज भर फरार भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीको प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीका अनुसार ती युवकले युवतीलाई साँझ ६ बजे होटेल पुर्याएकोमा साढे ६ बजे अचानक विरामी भएपछि अटोमा बर्दघाटको चौपत्तामा रहेको शहिद स्मृती सामुदायिक अस्पतालमा राति ८ बजे पुर्याएका थिए । अस्पतालमा पुग्नसाथ स्वास्थ्यकर्मीले ति युवतीलाई मृत घोषणा गरेका थिए ।
अन्दाजी १७ वर्षीया युवतीको पहिचान खुलाएको छैन । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अत्यधिक रक्तश्राव भएपछि युवतीको निधन भएको देखिन्छ । प्रहरी नायव उपरीक्षक गिरीले घटना शंकापद रहेको र किशोरीको निधन पनि शंकास्पद देखिएकोले घटनाको अनुसन्धान अगाडि बढाइएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया