जसपा ठाकुर पक्षले आज तराईका चार जिल्लामा बैठक गर्दै

लोकपथ
299
Shares

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले शुक्रबार तराईका चार जिल्लामा बैठक गर्दै छ ।

तराईका चार जिल्लामा हुने बैठकलाई केन्द्रीय नेताहरुको साथसाथै जिल्ला नेताहरुले पनि सम्बोधन गर्ने एक नेताले जानकारी दिए ।

उनका अनुसार सप्तरीमा राजेन्द्र महतो, केशब झा, बृषेश चन्द्र लाल, राजिव झाले सम्बोधन गर्ने भएका छन् । त्यस्तै सिरहामा अनिलकुमार झा, डा. सुरेन्द्र झा, उमाशंकर अरगरिया, जयनुल राइनले सम्बोधन गर्ने, महोत्तरीमा महन्थ ठाकुर, शरतसिंह भण्डारी, निर्जला राउतले सम्बोधन गर्ने र बारामा लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह, रमेश पटेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बैठकमा समसामयिक राजनीतिको सम्बन्धमा प्रशिक्षण पनि दिइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?