निन्द्रा पर्दैन ! सुत्नुभन्दा अगाडी यी काम गर्नुहोस्

लोकपथ
39
Shares

अहिले धेरैलाई निन्द्रा लाग्दैन । निन्द्रा लागे पनि ओछ्यानमा गएको घन्टौँ पछि बल्ल लाग्ने हुन्छ । यदि निन्द्रा लागि हाले पनि बेला बेलामा ब्युँझिने समस्या हुन्छ । चिकित्सा विज्ञानको क्षेत्रमा यसलाई ‘स्लिपिङ डिसअर्डर’ भनिन्छ ।

यो समस्या सुन्दा सामान्य जस्तो लागे पनि यो समस्याले धेरै किसिमको शारीरिक समस्याहरू निम्त्याउने चिकित्सकहरूले बताउदैं आएका छन् । ‘स्लिपिङ डिसअर्डर’ भएमा शारीरिक र मानसिक दुवै किसिमको समस्या हुने उनीहरू बताउँछन् । त्यसैले चिकित्सकहरूले वयस्क व्यक्तिहरूलाई न्यूनतम पनि ८ देखि ९ घण्टा मस्तसँग निदाउनु पर्छ भन्छन् । यसमा पनि निन्द्रा ओछ्यानमा गएको केही मिनेटमै हुनुपर्छ भन्ने उनीहरूको तर्क रहेको छ ।

विभिन्न किसिमको तनाव, शारीरिक थकान, कुनै रोग विशेषको कारणले गर्दा आम मानिसहरूमा निन्द्रा कम पर्दै गएको छ । गाढा निन्द्रा लागोस् भनेर धेरै व्यक्तिले विभिन्न किसिमका उपायहरू अपनाउने गरेका छन् । कसैले मदिरा सेवन गरेर निदाउने प्रयास गर्छन् भने कतिपयले निन्द्रा लाग्ने औषधिको सेवन समेत गर्ने गरेका छन् । यस्ता किसिमका उपायहरूले दीर्घकालमा पक्कै असर गर्ने नै छ । यदि निन्द्रा पर्दैन भने निन्द्रा लगाउने केही घरेलु उपायहरू पनि रहेका छन् । जसले शरीरलाई कुनै किसिमको हानी नगरी अझ फाइदा गरेर निन्द्रा लगाउने काम समेत गर्छ ।

बेसार हालेको दूध

सुत्नु भन्दा अगाडी तातो दूधमा बेसार हालेर पिउने गर्दा यसले चमत्कारकै रूपमा निन्द्रा लगाउने गर्छ । रातीको खाना खाएको १–२ घण्टा पछि, सुत्नु भन्दा अगाडी एक गिलास तातो दूधमा एक चिम्टी बेसार हालेर घोल्नुहोस् । उक्त तातो दूधलाई पिउनुहोस् । यसरी बेसार हालेको दूध पिएको केही बेरमै तपाईँलाई गाढा निन्द्रा लाग्ने गर्छ ।

अश्वगन्धाको सेवन

आयुर्वेदमा अश्वगन्धाको सेवनले पनि गाढा निन्द्रा लगाउने उल्लेख गरेको छ । यदि तपाईँलाई राती सुत्ने बित्तिकै निन्द्रा लाग्दैन वा बेला बेलामा ब्युँझिने समस्या हुन्छ भने अश्वगन्धा र दूध मिलाएर सेवन गरेमा तपाईँलाई गाढा निन्द्रा लाग्छ । बजारमा वा आयुर्वेदिक औषधालयमा अश्वगन्धाको धुलो वा ट्याब्लेट पाइन्छ । अश्वगन्धाको धुलो भएमा एक चम्चा र ट्याब्लेट भए एक ट्याब्लेट तातो दूधसँग सेवन गरेर सुतेमा केही बेरमै गाढा निन्द्रा लाग्ने गर्छ ।

दूधको एलर्जी भएमा

सबैलाई दूध मन पर्छ भन्ने पनि छैन । कसैलाई दूधको सेवन एलर्जी पनि गर्ने किसिमको हुन्छ भने कतिपयलाई दूधको सेवन स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुदैंन । कतिपय व्यक्ति भेगन खानपिन गर्ने व्यक्ति पनि हुनुहुन्छ भने उनीहरूका लागि दूधको सेवन वर्जित नै हुन्छ । यस्तो अवस्थामा बदामको दूध पनि सेवन गर्न सकिन्छ । बदामको दूधलाई तताएर अश्वगन्धासंग सेवन गरेमा पनि गाढा निन्द्रा लाग्ने गर्छ ।

यदि दूधको सेवन गर्नु हुँदैन र निन्द्रा लगाउन चाहनुहुन्छ भने तपाईँले हर्बल टी पनि पिएर निन्द्रा लगाउन सक्नुहुन्छ । यसरी बनाएको हर्बल टिमा ब्राह्मी र अश्वगन्धाको पातको प्रयोग गर्न सक्नुहुन्छ । ब्राह्मी र अश्वगन्धाको पात पनि आयुर्वेदको औषधालयमा पाइन्छ ।

यदि तपाईँलाई ग्रिन टी वा हर्बल टी पनि मन पर्दैन भने ब्राह्मी वा अश्वगन्धाको पाउडर २ ग्राम दूधमा घोलेर तताउनु होस् । उम्लेपछि चिसो बनाएर छानेर पनि सेवन गर्दा तपाईँलाई राम्रो निन्द्रा लाग्ने गर्छ ।

माथि उल्लेखित उपाय निरन्तर केही दिन अपनाउँदा तपाईँमा निन्द्रा लाग्ने बानी व्यवस्थित हुन थाल्छ । यो बाहेक निन्द्रा राम्रो बनाउन पैतलामा गाईको ध्यूलाई दलेर केही बेर मालिस गरेमा पनि गाढा निन्द्रा लाग्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?