जसपा बैठकले गर्‍यो ३ निर्णय

लोकपथ
483
Shares

काठमाडौं । उपेन्द्र यादव नेतृत्वमा बसेको जनता समाजवादी पार्टी (जसपा) नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठकले बिहीबार ३ निर्णय गरेको छ ।

पार्टी प्रचार विभाग प्रमुख डम्बर खतिवडाका अनुसार बैठकले छानबिन समितिदेखि अनुशासन आयोग गठनसम्मका निर्णय गरेको छ ।

बैठकले पार्टीभित्र हुने समस्याको छानबिन गर्न नवराज सुवेदीको संयोजकत्वमा गोविन्द चौधरी, प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, दुर्गा सोव रहेको ५ सदस्यीय समिति गठन गरेको, केन्द्रीय कमिटी सदस्य नरसिंह चौधरी प्रमुख रहने गरी केन्द्रीय अनुशासन आयोग गठन गरेको र २०७८ भदौ १ गतेदेखि मंसिर मसान्तसम्म संगठन सुदृढीकरण तथा जनजागरण अभियान सञ्चालन गर्ने कार्ययोजना पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?